१७ बैशाख २०८१, सोमबार

चिसापानी जोखिम घोषित



धनगढी । अविरल वर्षाका कारण मुलुकभरका विभिन्न १० स्थान उच्च जोखिमयुक्त घोषित भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले अत्यधिक वर्षा भएका १० स्थानलाई जोखिमयुक्त भन्दै सतर्क रहन चेतावनी दिएको छ ।
विभागका अनुसार कर्णाली नदीको प्रभावित क्षेत्र चिसापानी र गुराँसे, बबई नदीको प्रभावित क्षेत्र चेपाङ क्षेत्र, गुलरिया, घोराही, पदमपुर र रानीजवारा, पश्चिम राप्तीको नेपालगञ्ज र लमही र नारायणीको रजैया चेतावनी तहभन्दा माथिको वर्षा भइरहेको छ ।
यी स्थानमा न्यूनतम १४५ देखि अधिकतम २१८ मिलिलिटरसम्म वर्षा भइरहेको छ । कर्णाली स्टेशनले चिसापानीमा २४ घण्टामा एक सय ६५ दशमलव छ मिलिमिटर वर्षा मापन गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा सोमबार बिहान छ बजेसम्म ९९ मिलिटिर वर्षा भएको छ ।
सोमबार बिहान कैलालीको मोहना तथा अन्य साना नदीहरूको बहाव बढेको भए पनि दिउँसो देखि घट्न शुरु भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाले धनगढीमा २४ घण्टामा एक सय ४० मिलिमिटर वर्षा भएको जनाएको छ ।

 

सम्बन्धित समाचार

अविरल वर्षापछिका कारण १० काे ज्यान गयाे

उपमहानगर डुवान भएका बस्तीको पानी निकास गर्दै

कैलालीमा भारीवर्षा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार