६ माघ २०८१, आईतवार

युवति मृत अवस्थामा फेला परिन्



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११, श्रीपुरमा एक युवति मृत अवस्थामा फेला परेकी छन् ।
सो नगरपालिकाको वडामा तथ्यांक संकलनमा गएकी वडा नंम्बर ११ की १८ वर्षीया माया विक शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी नगरपालिकाको करारमा नियुक्त कर्मचारी हुन् ।
कैलालीका जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार असार १२ गते नगरपालिकाबाट तथ्यांक संकलनका लागि गएकी माया शुक्रबार गौरीगंगाकै वडा नंम्बर ११ स्थित श्रीपुर जंगलमा मृत अवस्थामा फेला परेकी हुन ।
उनले चलाएको साइकल पनि सोही ठाउँमा फेला परेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । मृतकका आफन्तले बिहीबार मात्र उनी हराएको खवर प्रहरीमा गरेका थिए । उनको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याईएको छ । घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार