१२ माघ २०८१, शनिबार

क्षेत्रीय ब्याडमिन्टन शुरु



धनगढी । सुदूरपश्चिम स्तरीय ब्याडमिन्टन प्रतियोगिता धनगढीमा शुरु भएको छ । ब्याडमिन्टन प्रतियोगितामा कैलाली  कंचनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ र दार्चुलाका खेलाडीहरु सहभागी छन्।

सुदूरपश्चिम खेलकुद विकास समितिको आयोजनामा सोमबार र मङ्गलबार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक जिल्लाबाट आठ जनाका खेलाडीका दरले ६४ जना खेलाडी सहभागी छ्न्।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सातका सामाजिक बिकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले महत्त्व दिएर बजेट बिनियोजन गरेको बताए ।

खेलकुदलाई महत्व दिएरै हामीले धनगढी, बुडर महेन्द्रनगर र बेलौरीमा क्षेत्रीय रंगशाला, धनगढीमा किर्केट रंगशाला र ३२ वटा निर्बाचन क्षेत्रमा रंगशाला बनाउनलाई बजेट छुट्याइएको मन्त्री सोडारीले बताए ।

सुदूरपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष लालबहादुर शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाली जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दीपक सिंहलगायतले बाेलेकाे थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार