शिक्षक महासंघद्वारा ज्ञापन
बौनिया । नेपाल शिक्षक महासंघले विभिन्न मागसहित बर्दगोरिया गाउँपालिकालाई ज्ञापनपत्र, बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ ।
नेपाल शिक्षक महासंघ, बर्दगोरियाका अध्यक्ष उदयसिंह बीसी नेतृत्वको टोलीले १७ बुँदे मागसहित गाउँपालिका अध्यक्ष बलिराम डंगौरालाई ज्ञापनपत्र बुझाएको थियो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष, प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, ६ वटै वडाका वडा अध्यक्षलाई बोधार्थ सहितको ज्ञापनपत्र बुझाएको छ ।
कार्यक्रममा महासंघका सह अध्यक्ष चक्रबहादुर शाही, सचिव शिवराज गौतम लगायत महासंघ कार्यसमिति पदाधिकारीको सहभागिता रहेको थियो ।
शैक्षिक क्षेत्रका देखिएका विविध समस्या र शिक्षक कर्मचारीका पेसागत समस्या समाधानका लागि ज्ञापनपत्र बुझाइएको शिक्षक महासंघ बर्दगोरियाले जनाएको छ ।
सो अवसरमा गाउँपालिका अध्यक्ष डंगौराले शिक्षक कर्मचारीका माग सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष डंगौराले केन्द्रीय तहमा शिक्षा नियमावली बने पनि संघीय तहमा शिक्षा कानुन, नियमावली बन्न नसक्दा समस्या भएको बताए ।
उनले गाउँपालिकामा रहेका विद्यालय तथा अन्य संघसंस्थाको दिगो विकास र व्यवस्थापनका लागि मापदण्ड तयार गरिने बताए । उनले विद्यालयमा निजी स्रोत शिक्षक कर्मचारीको सेवासुविधा आगामी बजेटमा केही हदसम्म भए पनि सम्बोधन गरिने विश्वास व्यक्त गरे ।
नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत शिक्षक कर्मचारीको यथासिघ्र व्यवस्थापन गर्नुपर्ने, आवश्यकताअनुसार कक्षागत र विषयगत दरबन्दी सिर्जना गरिनुपर्ने, मासिक रूपमा तलब प्राप्त हुनुपर्ने र समय सापेक्ष तलब बृद्धि हुनुपर्ने, तथा प्रभावकारिताका आधारमा नमुना विद्यालय छनौट र स्वीकृत गरिनुपर्ने माग गरिएको छ ।
त्यस्तै, स्थानीय तहमा शिक्षा समिति गठन गरि स्थानीय शिक्षा तथा कार्यविधि बनाइनुपर्ने, गाउँपालिका अन्तर्गतका १७ वटै सामुदायिक विद्यालयको आवश्यकता पहिचान गरी आगामी आर्थिक वर्षको शिक्षातर्फको बजेट तथा कार्यक्रम बनाइनुपर्ने, प्रचलित नियमानुसार नीजिस्रोत शिक्षकको तलवमान, पोशाक भत्ता, महंगीभत्ता यसै आर्थिक वर्षको बजेटमा व्यवस्था गरिनुपर्ने, विद्यालय कर्मचारीको सेवा सुविधा निजामती कर्मचारी सरह निर्धारण गरिनुपर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि पेसागत कार्यदक्षता अभिवृद्धि तालिम दिईनुपर्ने सबै विद्यालय कर्मचारीको संचिति बिदाको अभिलेखिकरण गरी सुविधा दिनुपर्ने, प्रभावकारिता र औचित्यका आधारमा नमुना विद्यालय छनौट गरिनुपर्ने, स्थानीय शिक्षा शाखामा आवश्यक कर्मचारीको व्यवस्था गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।