२१ भाद्र २०८१, शुक्रबार

अन्नपूर्ण कर्पोरेट व्याटमिन्टन : कैलाली अग्रस्थानमा



धनगढी । धनगढीमा जारीे अन्नपूर्ण कर्पोरेट व्याटमिन्टन प्रतियोगितामा कैलालीको वर्चश्व देखिएको छ । अन्नपूर्ण कर्पोरेट व्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि शुरु भएको थियो ।
प्रतियोगिताको पुरुष एकलतर्फ कैलालीका देवराज राना विजयी भएका छन् । त्यस्तै, महिला एकलमा पनि कैलालीकै मोयुन तामाङ च्याम्पियन भइन् ।
शनिबारको खेलमा देवराजले कैलालीकै जेबी साउँदलाई २१–१६ र २१–११ को सोझो सेटमा पराजित गरे । सो खेलमा कैलालीकै योगेश खड्का र रोसन साउँदले तृतीय स्थान प्राप्त गरे ।
महिला एकलतर्फ कैलालीका मोयुम तामाङले कैलालीकै विमला ओझालाई १६–२१, २१–१६ र २१–११ अन्तरले पराजित गरिन् । सो खेलमा कैलालीकै हेमा ऐर र प्रियन्सी बमले तृतीय स्थान हासिल गरे ।
१९ वर्षमुनीको महिला एकलतर्फ कञ्चनपुरकी निलिमा महरा विजयी भइन् । उनले कञ्चनपुरका बिस्ना बिष्टलाई २१–२३, २१–१८, २१–१९ को सेटले पराजित गरिन् । कैलालीका प्रियन्सा शर्मा र एलिना तिरुवा तृतीय भए ।
१९ वर्ष मुनिको फाईनल र पुरुष डबल्सको फाईनल आज (आइतबार) हुने प्रमुख रेफ्रि उदय अर्यालले जानकारी दिए ।
१९ वर्षमुनि उमेर समूह पुरुषतर्फ कैलालीका अमृत चौधरी र देवराज राना फाईनल भिड्ने छन् ।
सेमिफाइनलमा अमृत चौधरीले जेबी साउँदलाई १८–२१, २१–१० र २१–१४ को अन्तरले पराजित गर्दै फाईनलमा स्थान बनाए । भने देवराजले कैलालीकै योगेश खड्कालाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरे ।
प्रतियोगितामा पुरुष डबल्सतर्फ सुरेश बम र केशव भट्टको जोडीले प्रकाश चन्द र सुरेन्द्र कार्कीको जोडीलाई २१–१८, २१–१९ अन्तरले पराजित गरी फाईनलमा स्थान बनाए । गत वर्षको पुरुष डबल्समा प्रकाश चन्द र राजेन्द्रबहादुर बमको जोडी क्षेत्रीय च्याम्पियन भएको थियो ।
त्यस्तै, पुरुष डबल्सको सेमीफाईनलमा शैलेन्द्र श्रेष्ठ र राजेन्द्रबहादुर बमको जोडीले केशबबहादुर बडुवाल र हिक्मत गुरुङको जोडीलाई २१–१०, २१–१५ को अन्तरले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार