१२ श्रावण २०८१, शनिबार

राजमार्गको अतिक्रमण हटाउन शुरु



धनगढी । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग क्षेत्रमा अतिक्रमण हटाउन सुरु गरेको छ । कार्यालयले महेन्द्र राजमार्गको गड्डा चौकीदेखि दैजी, कलुवापुर हुँदै अत्तरियासम्म सडकको केन्द्रविन्दुदेखि दाया/बाया २५/२५ मिटरभित्रको अतिक्रमण हटाउन शुरु गरेको हो ।
सडक अतिक्रमणका कारण सडक दुर्घटनामा बृद्धि हुनुका साथै सडकको स्वरुपनै विगारेको भन्दै कार्यालयले सडकभित्र रहेका घर, टहरा निर्माण गर्ने तथा निर्माण सामाग्री आदि थुपार्ने कार्य हटाउन लागेका जनाईएको छ । डिभिजन कार्यालयले सम्बन्धीत स्थानीय तहसंगको सहकार्यमा सडक अतिक्रमण हटाउन लागेको जनाईएको छ ।

फाइल तस्बिर

यस्तै, कार्यालयले महाकाली राजमार्गको गोदावरीदेखि फल्टुडेसम्म सडकको आवधिक मर्मत कार्य भईरहेको जनाएको छ । आवधिक मर्मत कार्य भईरहेको बेला वा पश्चात ढुङ्गाको गिट्टीबाट दुर्घटना हुन सक्ने सम्भावना हुने हुँदा उक्त मर्मत कार्य भईसकेको वा भईरहेको स्थानहरुमा सवारी चालकहरुले गति कम गर्न आग्रह गरिएको छ ।
शुक्रबार सूचना जारी गर्दै कार्यालयले सो क्षेत्रमा १० किलोमिटर प्रति घण्टा भन्दा पनि कममा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार