१२ श्रावण २०८१, शनिबार

सार्वजनिक सुनुवाई



टीकापुर । टीकापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले नगरपालिकाले दीर्घकालिन गुरुयोजना बनाएर काम गर्नुपर्ने सुझाव दिएका छन् ।
टीकापुर नगरपालिकामा आर्थिक वर्ष २०७४/२०७५ मा भौतिक पूर्वाधार तर्फ तीन सय १५ योजना मध्ये तीन सय सात योजना सम्झौता भएर दुई सय ५७ योजनाको काम पुरा भइसकेको जनाइएको छ ।
त्यस्तै ५१ वटा योजना निर्माणाधिन अवस्थामा रहेका छन् भने सात वटा योजनाको सम्झौता हुन बाकी छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७४/२०७५ को ६५ करोड ३८ लाख ३ हजार ६ सय ६६ रुपैया बराबरको आय र ३८ करोड ४५ लाख ३४ हजार एक सय ६४ रुपैया बराबरको व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रममा नगर प्रमुख तपेन्द्रबहादुर रावलले जनताको मागको आधारमा काम गरिरहेको चर्चा गरे ।
नगरपालिकाका उपप्रमुख केशरी विष्टले समयमा योजनाको स्टमेट उपलब्ध नभएका कारण योजनाको अनुगमनमा समस्या भएको बताईन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले ठुला योजनाको बारेमा छलफल गर्दा राजनीतिक दललाई सहभागी गराउन माग गरे ।
नेपाल पत्रकार महासंघका प्रदेश महासचिव योगेश रावलले ठुला योजनाको अहिलेसम्म अनुगमन नभएको बताए ।
प्राध्यापक मिनबहादुर शाहीले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न र जिज्ञासा मात्र नगरी राम्रो कामको पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।
नृपबहादुर कडायतले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति प्रतिवेदनको प्रतिलिपी प्रत्येक नागरिकको हातमा दिनु पर्ने बताए ।
कार्यक्रममा राजी समाज समाजका अध्यक्ष चित्रबहादुर राजी, गणेश पहराई, ललिता सुनार, गोपाल चौधरी, श्रीलाल तीवारी, जीतबहादुर चौधरी, हरि तिमिल्सिना, हिमा चौधरी, प्रेम साउद, ललिता सुनार, झपट सोडारी लगायतले जिज्ञासा राखेका थिए ।
सामुदायिक रेडियो टीकापुर एफएमको आयोजनामा सम्पन्न भएको कार्यक्रममा संचालन सामुदायिक रेडियो टीकापुर एफएमका प्रबन्धक एकेन्द्र तिमिल्सिनाले गरेका थिए ।
यसैगरि, टीकापुर नगरपालिका वडा नम्बर ८ को पनि शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाले कृषि क्षेत्रलाई यान्त्रीक र आधुनिकीकरण गरिने बताए ।
वडा नम्बर ८ मा ९४ लाख १३ हजार दुई सय २२ रुपैयाको बजेट रहेको र ५० वटा योजना सञ्चालन गरिएको वडा सचिव विरबहादुर ऐरले जानकारी दिए ।
कार्यक्रममा भिमबहादुर कठायत, प्रमोद लुहार, त्रिभूवन मावि बटनपुरका व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर साउद, रतन परियार, दिपक साउद, मोहनलाल चौधरी, मनसरा साउद लगायतले जिज्ञासा व्यक्त गरेका थिए ।
सो अवसरमा पत्रकार मातृका तिमिल्सेना, पहल धामी लगायतले टिप्पणी गरेका थिए ।
सामुदायिक रेडियो टीकापुर एफएमले संयोजन गरेको कार्यक्रम दुर्गा देवकोटाले संचालन गरेकी थिईन् ।
त्यस्तै, शुक्रबार नै वडा नम्बर ९ मा पनि सार्वजनिक सुनुवाई भएको छ ।
कार्यक्रममा चन्द्रबहादुर चौधरी, धनिराम साउंद, कृष्ण साउंद, जितराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीका जिज्ञासाको जवाफ वडा अध्यक्ष लौटन चौधरी, वडा सचिव लोकबहादुर बुढा, प्राविधिक गम्भीरसिंह साउँदले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार