१८ आश्विन २०८१, शुक्रबार

‘राजनीतिक अस्थिरताले विकास भएन’



धनगढी । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अस्थिर सरकार तथा राजनीतिक अस्थिरताका कारण अहिलेसम्म विकास हुन नसकेको बताएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भूमिसम्बन्धी नीति निर्माण विषयक गोष्ठीमा मुख्यमन्त्री भट्टले विगतलाई समीक्षा गर्दै प्रदेश नम्बर ७ को समग्र विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
“भूमि तथा बसोबास व्यवस्थापन विगतदेखि उठ्दै आएको सवाल हो, तर कहिल्यै पनि समाधान हुन सकेन” उनले भने– “नेपाल कृषि प्रधान देश हो, तर हामीले कहिल्यै पनि भूमि व्यवस्थापन गर्न सकेनौं ।”
कार्यक्रममा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टले जल, जंगल र जमिनमा जनताको पहुँच हुनुपर्ने बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद हरि श्रीपाइलीले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार