सञ्चारकर्मीहरूद्वारा विकास आयोजना अनुगमन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ ले आर्थिक वर्ष २०७४/७५ मा गरेका विकास योजना तथा कामहरूको बिहीबार सञ्चारकर्मीहरूले अनुगमन गरेका छन् ।
वडाध्यक्ष नारायणप्रसाद वरालको नेतृत्वमा वडामा सञ्चालित सडक, कल्भर्ट, ग्राभेल, तटबन्ध लगायतको कामहरूको अनुगमन गरिएको थियो ।
वडाका विभिन्न भागमा भएका एक लाख ५० हजारदेखि एक करोड ५० लाख रुपैयाँसम्मका विकास योजनाहरूको अनुगमन गरिएको थियो ।
वडा अध्यक्ष वरालले वडाभित्र रहेका वस्ती जोड्ने विभिन्न स्थानमा गरिएका ग्राभेल तथा पक्की सडक निर्माण कार्य भएको जानकारी दिए ।
वडा अध्यक्षका अनुसार कैलाली बहुमुखी क्याम्पसदेखि दक्षिण एश्वर्य टोल (सुकुटी नालामा) एक करोड ५० लाख लागतमा छ सय ६५ मिटर शहर बचाउ अभियान अन्तर्गत जलउत्पन्नबाट तटबन्ध निर्माण कार्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्