पारिश्रमिक सम्बन्धी विधेयक संसदमा प्रस्तुत हुँदै
धनगढी । ७ नम्बर प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकलाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको जनाइएको छ ।
त्यस्तै, बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मुख्य न्यायधिवक्ताको काम कर्तव्य र अधिकार तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बेनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।