१२ माघ २०८१, शनिबार

प्रिन्सिपलद्वारा विद्यार्थीलाई निर्घात कुटपिट



सुखड । कैलालीको घोडाघोडी नगरपालिका–४, रामपुरस्थित सेती साइन इंगिलीस बोर्डिङ स्कूलमा कक्षा ३ मा अध्ययनरत छात्रलाई विद्यालयका पिन्सिपलले निर्घात कुटपिट गरी घाइते बनाएका छन् ।
छात्र विवेक पहराईलाई विद्यालयकै अर्का छात्रा कमल रावललाई ढुंगाले हानेको आरोपमा विद्यालयका प्रिन्सिपल कुसुमराज चौधरीले अफिसमा लगेर निर्घात कुटपिट गरेको जनाइएको छ ।
चौरमा खेलिरहेको बेला आँप खसाउन रुखमा ढुंगा हान्दा कमल रावललाई लागेको पीडित बालक पहराईले बताएका छन् ।
बुधवार बिहान विद्यालय समयमै घटना भएको भएपनि साँझ घरमा बालकको दिसामा रगत देखेएपछि सोधपुछ गर्दा आफूहरूले जानकारी पाएको पीडित वालकका बुबा कमल पहराईले बताए ।
बालक विवेक पहराईको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । छात्र पहराईको पिठ्युमा निल डाम रहेको छ ।
यता विद्यालयका प्रिन्सिपलले चौधरीले आफुले छात्रलाई चेतावनीका लागि लठ्ठीले हानेको स्वीकार गरे ।
विद्यालयका संस्थापक रामदुलार चौधरीले विद्यालय क्षेत्रमै यस्तो घटना घट्नु दु:खद् भएको बताए । घटना घट्ने बेला आफू विद्यालय बाहिर रहेकोले घटना सम्बन्धमा आफू अनविज्ञ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार