कटुवा पेस्तोलसहित एक पक्राउ



धनगढी । प्रहरीले कैलालीको अत्तरियाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पेस्तोलसहित पक्राउ पर्नेमा कैलालीको गोदवारी नगरपालिका–२, वनखेत बस्ने वर्ष २५ को तोय नाथ रहेको प्रहरीले जनाएको छ ।
सडकमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा जाँच गर्दा नाथबाट पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्