टोलटोलमा प्रहरी अभियान तीब्र
धनगढी । कैलाली प्रहरीले टोल–टोलमा प्रहरी अभियानलाई तीब्र पारेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका–५ जाईमा अभियान अन्र्तगत स्थानीयहरुसंग अपराध नियन्त्रणबारे छलफल गरिएको हो ।
वडा प्रहरी कार्यालयका धनगढीका ईन्चार्ज वकिलबहादुर सिंहले अपराध नियन्त्रणका लागि सूचना दिएर प्रहरीलाई सहयोग गर्न स्थानीयहरुसंग आग्रह गरे । उनले प्रहरी एकलैको प्रयासबाट अपराध नियन्त्रण चुनौति हुने भन्दै सामाजमा हुने अपराधिक क्रियाकलाप रोक्न स्थानीयहरुको भुमिका महत्वपूर्ण हुने बताउँदै अपराध नियन्त्रणका लागि स्थानीयहरुको सहयोग अपरिहार्य रहेको बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य यशोदा भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्रका सहसचिव भीम चौधरी, थारु अगुवा विनय चौधरीले अपराध नियन्त्रणका लागि प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गरे ।
कैलाली प्रहरीले समाजमा शान्ति सुरक्षालाई बलियो बनाउन आइतबारदेखि अभियानको शुभारम्भ गरेका थिए । समाजमा घटना हुने तर, प्रहरीलाई सूचना प्राप्त नहुने हुँदा अनुसन्धानमा सहयोग पुर्याउन सो अभियान प्रहरीले शुरु गरेको थियो ।