९ माघ २०८१, बुधबार

मोहन्यालमा खानेपानीको अभाव



लम्की । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसौनामा खानेपानीको अभाव भएको छ ।
करिब सात सय घरधुरी रहेको सो गाउँमा सञ्चालित फलेबिसौना खानेपानी आयोजना बिग्रिएको दुई महिनासम्म पनि मर्मत नभएपछि खानेपानीको अभाव भएको स्थानीयले बताएका छन् ।
दुई हजार पाँच सय बढी जनसंख्या रहेको सो गाउँमा एकमात्र खानेपानी आयोजनाको धाराबाट पानी आउन छोडेपछि स्थानीयहरू गाउँबाट ४/५ किलोमिटर टाढा रहेको खारपानी खोलाको पानी पिउन बाध्य भएको स्थानीय बताउँछन् ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष नन्दराम बस्नेतले मर्मतका लागि कसैले पनि ध्यान नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार