१२ श्रावण २०८१, शनिबार

गोदावरीमा करेन्ट लागेर एकको मृत्यु



अत्तरिया । गोदावरी नगरपालिका वडा नम्बर ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ८ का प्रयाग चौधरी रहेका छन् । मालाखेती गाउँमा रहेको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने बेला करेण्ट लागेर उनको मृत्यु भएको जनाइएको छ ।
घाइते भएका उनलाई उपचारको लागि सेती अञ्चल अस्पताल पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । करेण्ट लागेर अर्का एक व्यक्ति घाइते भएका छन् । घाईते सोही ठाउँका मगल चौधरी हुन । घाइतेलाई थप उपचारको लागि कोहोलपुर लगिएको छ । दुबै जाना विद्युतको प्राईभेट कम्पनी वीरभद्र विजुली सेवा अत्तरियामा कार्यरत कर्मचारी हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार