१२ श्रावण २०८१, शनिबार

टोलटोलमा प्रहरी अभियान शुरु



धनगढी । प्रदेश नम्बर ७ मा शान्ति, सुरक्षा बलियो बनाउन ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु भएको छ ।
अभियानको आइतबार ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले एक समारोहबीच शुरु भएको घोषणा गरे ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले राजनीतिक अस्थिरताका कारण नेपालमा शान्ति, सुरक्षा, अमनचैन कमजोर भएको समयको स्मरण गरे । उनले भने– “अहिले राजनीतिक अस्थिरता हटेको छ, हामी जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने प्रयासरत छौं ।”
मन्त्री शाहले प्रदेशमा आगामी दिनमा कानुनको प्रभावकारी कार्यान्वयन गर्दै तस्करी, गुण्डागर्दी, चोरी, डकैती, जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
उनले प्रहरीले धनगढी सहित विभिन्न स्थानमा पछिल्ला केही समययता भएका गोलीकाण्ड, चोरी, डकैती लगायतका घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको चर्चा गरे । भने– प्रहरीको यो अभियानबाट अनुसन्धानको दायरालाई थप फराकिलो पार्दै प्रदेशमा हुने कुनै पनि अपराधिक गतिविधिलाई प्रभावकारी ढंगले नियन्त्रण हुने मैले विश्वास गरेको छु ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले समृद्धि र विकासका लागि शान्ति, सुरक्षा अपरिहार्य भएको चर्चा गरे । उनले शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीले ईमान्दार भएर लाग्नुपर्ने बताए ।
कैलाली प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अपराधलाई न्यूनीकरण गर्न जनताको सहयोग आवश्यक रहेको बताए । उनले जनतालाई शान्ति, सुरक्षा अमन चयन प्राप्त गराउन प्रहरी सक्रिय भएर लाग्न समेत आग्रह गरे ।
संघीय प्रहरी ईकाइका वरिष्ठ प्रहरी उपरिक्षक हरिराज वाग्लेले समाजमा अपराध भएपनि प्रहरीलाई सूचना नहुादा अनुसन्धानमा समस्या हुने गरेको बताए । समाजनै सूचनाका संवाहक हुन सूचना समाजबाटनै प्राप्त हुने भएकाले प्रहरीलाई काम गर्न यो अभियानले थप मद्दत पुऱ्याउने अपेक्षा व्यक्त गरे ।
अभियानको उद्देश्यबारे जानकारी दिँदै कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले समाजमा शान्ति सुरक्षालाई बलियो बनाउन टोल–टोलमा प्रहरीको आवश्यकता रहेको बताए । घटना हुन्छ तर, प्रहरीलाई सूचना प्राप्त हुँदैन उनले भने सूचना जनतासँग हुन्छ र सोहीका आधारमा प्रहरीले अपराधलाई न्यूनीकरण गर्न सक्छ । उनले अभियानलाई सार्थकतामा बदल्नका लागि जनतासंग प्रहरीको सम्बन्ध राम्रो बनाउादै अघि बढ्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार