तरकारी तालिम
धनगढी । कैलालीको धनगढीमा तीन दिने तरकारी खेती तालिम भएको छ ।
धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सुनौलो भविष्य, नेपाल धनगढी कैलाली आयोजनामा धनगढी वडा नम्बर ९ र १३ का छुट्टाछुट्टै स्थानमा तरकारी खेती तालिम भएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका लक्षित कार्यक्रम अन्तर्गत विपन्न वर्गका महिलाहरूलाई लक्षित वर्गमा ७५ जना महिलाको सहभागिता रहेको थियो ।
तालिमको सुनौलो भविष्य, नेपालका अध्यक्ष तुलसी देवकोटा र जेटिए सुनिता सिंहले सहजीकरण गरेका थिए ।