चुरे दिवस मनाइयो
धनगढी । कैलाली सहित देशभरी शनिबार चुरे दिवस मनाइएको छ । ‘चुरे संरक्षण हाम्रो कार्यभार, बनाऔं यसलाई समृद्धिको आधार’ भन्ने नाराका साथ कैलालीमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।
‘चुरेको माटो चुरेलाई, सफा पानि सबैलाई’ भन्ने मूल नाराका साथ सञ्चालित राष्ट्रपति चुरे–तराई मधेश विकास समितिको आर्थिक सहयोग तथा लिक्मा नदी प्रणलिमा आधारित प्रदेश स्तरीय सामाजिक परिचालन कार्यक्रम अन्तर्गत समाज विकासमा गतिशिलता र सुनौलो भविष्य नेपाल धनगढी कैलालीको संयुक्त आयोजनामा मसुरियामा र्यालीको आयोजना गरिएको थियो ।
लिक्मा क्षेत्रका विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, ईलाका वन कार्यालय, चुरे संरक्षण समूह, सामुदायिक वनका प्रतिनिधि तथा विद्यालयका छात्रछात्रा सहितको उपस्थितिमा मसुरिया बजारदेखि वडैपुर ईलाका वन कार्यालयसम्म प्लेकार्ड सहितको र्याली तथा कोणसभा गरिएको थियो ।
सो र्याली कार्यक्रममा जनप्रिय माध्यामिक विद्यालयका शिक्षक नायक रामचन्द्र सुवेदी मोहन्याल माविका शिक्षक नायक खगीराज भट्ट, सुनपाल माविका शिक्षक नायक गणेश जोशी, सरस्वति माविका शिक्षक नायक कृष्ण चौधरी ईलाका वन कायालय वडैपुरका मनिराम चौधरी र ईन्द्रा चौधरी समाज विकासमा गतिशिलताका उपाध्यक्ष, लालबहादुर देउवा सुनौलो भविष्य, नेपालका महासचिव डण्डीराज सुवेदीको सहभागिता रहेको थियो ।
सहभागीहरूले चुरे संरक्षण गर्न हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरेका थिए । सुनौलो भविष्य, नेपालका महासचिव डण्डीराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य कार्यक्रम संयोजक क्षितिज बिष्टले गरेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक बिष्णु चौधरीले गरेका थिए ।