२ माघ २०८१, बुधबार

द्वन्द्व रूपान्तरण केन्द्रको अभिमुखीकरण



धनगढी । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको शनिबार घोडाघोडी नगरपालिका, सुखडमा कैलाली जिल्ला स्तरीय अभिमुखिकरण भएको छ ।
जिल्लाभरका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागितामा भएको अभिमुखीकरणमा सामुदायिक मेलमिलाप अभियानलाई वडा तहसम्म सञ्चालन गर्न स्थानीय तहहरूले कार्यक्रम तथा अभियान सञ्चालन गर्नुपर्ने छलफल भएको थियो ।
सो अवसरमा कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले मेलमिलापका माध्यमबाट गरिने विवाद समाधानले दिगो विकासमा योगदान पुग्ने बताए ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले अभिमुखीकरणले स्थानीय तहले आफ्ना निकायमा मेलमिलाप अभियानबारे उत्साह बढाएको बताए ।
कार्यक्रममा धनगढी उपमहापालिकाका कार्यकारी अधिकृत सन्तबहादुर सुनार, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, गोदावरी नगरपालिकाका उपमेयर रत्नाकुमारी कडायत, गौरीगंगा नगरपालिका उपमेयर अञ्चला चौधरी, घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापा, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट लगायतले धारणा राखेका थिए ।
कार्यक्रम संस्थाले गर्ने कार्यहरूकाबारे जानकारी दिँदै प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्र नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक चोपबहादुर थापाले १९ जिल्लामा कार्यरत रहेको र हालसम्म पाँच हजार स्थानीय विवाद समाधानका लागि कार्य गरेको जानकारी दिए ।
कार्यक्रममा संस्थामा कैलाली जिल्ला संयोजक बल्लु चौधरीले जिल्लाभर विगतमा सञ्चालन भएका कार्यक्रमका उपलब्धि र आगामी हुने कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सहजकर्ता बिन्दूप्रसाद चौधरीले गरेका थिए ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय स्रोतव्यक्ति नेत्रप्रसाद खनालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पश्चिम संयोजक अर्जुन कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार