११ श्रावण २०८१, शुक्रबार

डिस्ट्रिब्युटर्स र सेल्सम्यानबीच मैत्रीपूर्ण क्रिकेट



धनगढी । सुदूरपश्चिममा रहेको विभिन्न ब्राण्डका मोबाइलहरूको डिष्ट्रिव्युटर्स र सेल्सम्यानहरूबीच धनगढीमा शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको छ ।
डिष्ट्रिव्युटर्स र सेल्सम्यानहरूको भेटघाटको उपलक्ष्यमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३, बोराडाँडीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता भएको थियो ।
खेलको माध्यमबाट यस क्षेत्रमा स्यामसुंग, ओप्पो, हवाई, माइक्रोम्याक्स, एमआइ, लाभालगायतका मोबाइलको प्रवद्र्धन गर्ने उद्देश्य रहेको प्रतियोगिता व्यवस्थापक अर्जुन मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार