११ श्रावण २०८१, शुक्रबार

अब हरेक टोलमा प्रहरी



धनगढी । अपराध रोकथामका लागि प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत हरेक टोलमा एक प्रहरी खटाउँने भएको छ ।
खटाईएको प्रहरीले सो टोलबारे सम्पूर्ण जानकारी राख्ने र अपराध नियन्त्रणमा सहयोग पुग्ने छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र धनगढी उपमहानगरपालिका–५, हसनपुरको आयोजना र जिल्ला प्रहरी कार्यालय कैलालीको संयोजनमा नेपाल प्रहरीले संचालन गर्न लागेको टोल टोलमा प्रहरी विषयक छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।
सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्थानीयहरूको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक भगवती तिमिल्सैनाले अपराध नियन्त्रणका लागि प्रहरीले टोल–टोलमा प्रहरी कार्यक्रम अन्तर्गत अन्तरक्रिया, छलफल, पर्चा पम्पलेट, नियमित भेटघाट, संयुक्त गस्ती लगायतको कार्यक्रम गर्ने विषयमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार