१२ श्रावण २०८१, शनिबार

२१ औं फिफा विश्व फुटबल कप : कुनै पनि प्रकारको प्रवेश शुल्क नलिन कैलाली प्रशासनको आग्रह



धनगढी । बुधबारदेखि रुसमा शुरु भएको २१ औं फिफा विश्व कप फुटबल कपलाई लक्षित गरि कैलाली प्रशासनले सुरक्षा व्यवस्थाका लागि सर्तहरु जारी गरेको छ ।
विश्वकपका विभिन्न चरणका खेलहरुमा विभिन्न क्लब, संघ/संस्था, निजी व्यवसायीहरुले आ–आफनो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि विभिन्न प्रविधिबाट प्रदर्शन गर्दा प्रशासनले आठ बुँदे सर्त जारी गरेको छ ।
प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा कुनै पनि प्रकारको प्रवेश शुल्क नलिन आग्रह गरेको छ ।
विश्व कप फुटबलका विभिन्न चरणका खेलहरुमा विभिन्न क्लब, संघ/संस्था, निजी व्यवसायीहरुले आ–आफनो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि विभिन्न प्रविधिबाट प्रदर्शन गर्दा कुनै पनि प्रकारका प्रवेश शुल्क नलिन आग्रह गरेको हो ।
कैलाली प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आयोजकले शान्ति सुरक्षा सम्बन्धी विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउनुपर्ने बताए ।
प्रशासनले खेल प्रदर्शन आफनो परिसर भित्र मात्र गर्न पाउने, खेलको हार/जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित कार्य गर्न/गराउन र खेलाउन नपाईने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनको हकमा मादक पदार्थ खरिद विक्री, ओसार पसार तथा सेवन गर्न गराउन नपाईने, होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाईने, प्रदर्शन स्थलमा भएको कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवारी आयोजक आफै हुने लगायतका सर्तहरु उल्लेख छ ।
यस्तै, प्रदर्शन स्थलमा प्रचलित कानुनको उल्लंघन हुने गरी कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा त्यसको नतिजा प्रति आयोजक आफै पूर्णरुपमा जिम्मेवार हुनु पर्नेछ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार