११ श्रावण २०८१, शुक्रबार

जोखन स्मृति प्रतिष्ठान घोषणा



धनगढी । तत्कालीन माओवादी युद्धका क्रममा ज्यान गुमाएका जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठान घोषणा गरिएको छ ।
थारु राष्ट्रिय मुक्ति मोर्चाले १६ औं जोखन स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिष्ठानको घोषणा गरे ।
सो अवसरमा मुख्यमन्त्री शहीदहरूको बलिदानका कारण नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको चर्चा गरे ।
उनले कैलालीको समग्र विकासका लागि थारु समुदायलाई राज्यको मुलधारमा ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले शहीदहरूको बलिदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताइन् ।
सामाजिक विकास मन्त्री दिर्घबहादुर हिजोको विचारलाई व्यवस्थित गर्दै सबै जातजाती, भाषा, कला संस्कृतिको सम्मान गरेमा शहीदहरूको सपना पूरा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार