चरेशसहित एक जना पक्राउ



धनगढी । कैलालीको गोदावरी नगरपालिका, अत्तरियाबाट प्रहरीले मंगलबार चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।
अत्तरियामा चरेश बिक्रीवितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अत्तरीया बजार, महेन्द्रनगर रोडका ६५ वर्षीय बृद्धराम बिष्टलाई पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बृद्धरामाबाट आधा किलो चरेश बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय, अत्तरियाको इञ्चार्ज प्रहरी निरीक्षक किशन चन्दले अभियुक्त बिष्टलाई थप कारबाहीका लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय, कैलाली चलान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्