१२ माघ २०८१, शनिबार

जनता टेलिभिजनको प्रदेश कार्यालय स्थापना



धनगढी । जनता टेलिभिजनको प्रदेश नम्बर ७ कार्यालय धनगढीमा स्थापना गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले टेलिभिजनको प्रदेश कार्यालयको उद्घाटन गरे ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको जनता टेलिभिनको प्रदेश कार्यालय उद्घाटन समारोहमा प्रदेश सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरा, नेपाली काँग्रेस प्रदेश नम्बर ७ का संसदीय दलका नेता सांसद रणबहादुर रावल लगायतले टेलिभिजनको उत्तरोत्तर प्रगतिको कामना गरे ।
कार्यक्रम कम्पनी सञ्चालक समितिका सदस्य नारायण सुवेदीको अध्यक्षतामा भएको थियो । जनता टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईले स्वागत गरेको कार्यक्रममा अध्यक्ष डाक्टर विजयकुमार पौडेलले टेलिभिजनको प्रसारणबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार