८ चैत्र २०८१, शनिबार

मूल्यबृद्धिको विरोधमा प्रदर्शन



लम्की । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार लम्कीमा प्रदर्शन गरेको छ ।
संघले विरोध प्रदर्शनमार्फत मूल्यबृद्धि फिर्ता नलिए आन्दोलन झन् चर्काउने चेतावनी पनि दिएको छ ।
नेपाल विद्यार्थी संघ, लम्की बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा भएको विरोध र्‍यालीले लम्की बजार परिक्रमा गरी लम्की चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा विद्यार्थी नेता ललित जैशीले बाम गठबन्धनको सरकारले सर्वसाधारणको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामग्रीका साथै पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।
नेविसंघका नेता अम्मर विष्टले सरकारले जनतालाई विभिन्न बहानामा दु:ख दिइरहेकाले चुप लागेन नबस्ने बताए ।
विद्यार्थी नेता हृदयराज उपाध्यायले जनता र विद्यार्थीका मागबारे सुनुनवाई नगरे आन्दोलनको आधीबेहरी ल्याउने चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार