११ श्रावण २०८१, शुक्रबार

नदीजन्य सामग्री निकासीका लागि समय थप्न माग



धनगढी । कैलालीका निर्माण व्यवसायीहरूले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय प्रशासनलाई नदीजन्य निर्माण सामग्री निकासीका लागि एक महिना समय थप्न अनुरोध गरेका छन् ।
निर्माण व्यवसायी संघ, कैलालीको अगुवाईमा निर्माण व्यवसायीहरूले जिल्ला समन्वय समिति कैलाली, जिल्ला प्रशासन कार्यलय कैलाली, प्रदेश सरकार र केन्द्र सरकारलाई नदीजन्य निर्माण सामग्री ढुंगा, गिट्टी, बालुवा निकासी गर्न असार मसान्तसम्मको समयवधी थप गरिदिन आग्रह गरेका हुन ।

फाइल तस्बिर

सरकारले ढुंगा, गिट्टी, बालुवा, ग्राभेल निकासीका लागि हरेक वर्ष असोजदेखि जेठ मसान्तसम्म निकासी गर्ने व्यवस्था गरेको छ । सार्वजनिक विकास निर्माणका कार्यहरू सम्पन्न गर्न अन्तिम समय असार मसान्तसम्म रहने भएकाले सो समयावधी बढाउनुपर्ने व्यवसायीहरूको आग्रह रहेको छ ।
निर्माण सामग्रीको अभावमा कैलालीमा रहेका राष्ट्रिय गौरवका आयोजना गेटा मेडिकल कलेज, मोहना–अत्तरिया ६ लेन सडक, सघन सहरी विकास आयोजना, हुलाकी सडक निर्माण जस्ता ठूला परियोजना समेत प्रभावित हुने व्यावसायीहरूले बताएका छन् ।
कैलालीको खुटिया नदी, शिवगंगा नदि, पहलमानपुरको कान्द्रा, लम्कीको रोडा नदी र कर्णाली नदिबाट ढुंगा, गिट्टी, बालुवा ग्राभेल निकासी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार