३० भाद्र २०८१, आईतवार

मोटरसाइकल चोरहरू सार्वजनिक



धनगढी । कैलाली प्रहरीले मोटरसाईकल चोरीमा संलग्न छ जनालाई सार्वजनिक गरेको छ । मोटरसाईकलको चोरी गरेर खरिद विक्री गर्ने समूहका छ जनालाई विभिन्न स्थानवाट पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो । प्रहरीले सात वटा मोटरसाईकल पनि बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार छ जनामध्ये चार जना मुख्य चोर एक जना चोरीका मोटरसाईकल वेचविखन गर्ने र एक जनाको घरमा मोटरसाईकल वरामद गरिएको हो ।
चोरीको मोटरसाईकल विक्री गर्नेमा धनगढी–६ मटियारीका २१ वर्षीय पेन्टिङको काम गर्ने गोरे भनिने रामभजन राना, सुदूरपश्चिम समाज नामक संस्थामा काम गर्ने कैलाली गाउँपालिका १८ वर्षीय सञ्जु चौधरी, धनगढी ६ मटियारीकै आलमुनियक पसलमा काम गर्ने २० वर्षीय सुरज राना मोटरसाईकल चोरी गर्ने चोरहरू रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–५ का २८ वर्षीय पदम धानुक आफ्नै ग्यारेज भएको र घोडाघोडी ९ का किसन चौधरी ग्यारेजमा काम गर्दै चोरीका मोटरसाईकल वेचविखन गर्दै आइरहेका थिए ।
उनीहरूले रातिको समयमा १० बजेदेखि २ बजेसम्म धनगढीका मुख्य स्थानमा राखिएका मोटरसाईकल चोरी गर्दै आएका थिए । हसनपुर वसपार्क पछाडि, चटकपुर, क्याम्पसरोड लगायतका स्थानवाट बढी मोटरसाईकल चोरी गरेको उनीहरूले स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरूले सबैभन्दा बढी पल्सर त्यसपछि अपाची, सुपर स्प्लेन्डर लगायतका मोटरसाईकल चोरी गर्दै आएका थिए ।
प्रहरीका अनुसार उनीहरूले १५ भन्दा बढी मोटरसाईकल चोरी गरेर बेचेको जनाएको छ । उनीहरूले चोरी गरेर कञ्चनपुर, बर्दिया, डडेल्धुरा, अछाम लगायतका जिल्लामा विक्री गर्ने गरेका थिए ।
कैलाली प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेले भने ‘चोरी गर्नेलाई मात्र होइन्, चोरीका सामान किन्नेलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’ उनले चोरीका मोटरसाईकल खरिद गर्ने व्यक्तिहरूको पनि खोजी कार्य भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार