२ माघ २०८१, बुधबार

यज्ञवती बनिन्, पहिलो रानासमुदायको डाक्टर



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का यज्ञवती रानाथारू समुदाय मै पहिलो डाक्टर बन्न सफल भएकी छन् ।
उनले बंगलादेशको राजधानी ढाकास्थित कुमुदीनी महिला मेडिकल कलेजबाट एमबीबीएस तह उत्तीर्ण गरेको बताइएको छ ।

डाक्टर यज्ञवती रानाथारू

२५ वर्षीया डाक्टर रानाले धनगढीमा रहेको एरिष्टो स्कुलबाट आफ्नो पढाई सुरु गरेकी थिइन् । बेबिलोन नेशनल स्कुल काठमाडौंबाट प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेकी उनले पेन्टागन इन्टरनेशनल कलेज काठमाडौंबाट प्लस टु पास गरेकी थिइन् ।
डाक्टर राना प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्य मालामती राना र भज्जी रानाका सात सन्तानमध्ये चौथो सन्तान हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार