११ श्रावण २०८१, शुक्रबार

काँग्रेसमा कारवाही प्रकरण : पूर्वाग्रही र हचुवा निर्णय – सचिव कुँवर



धनगढी । नेपाली काँग्रेस कैलालीका सचिव पूर्ण कुँवरले निर्वाचनमा काँग्रेस हराउन अन्तर्घात गरेको आरोपमा जिल्लाका केही नेतामाथि कारवाही गरिएको भन्ने सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका समाचारप्रति कैलाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कैलाली काँग्रेस सचिव कुँवरले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको विधि विधानलाई वेवास्ता गर्दै व्यक्तिगत रिसइवी साँध्ने नियतका साथ पार्टी र त्यससँग आवद्ध साथीहरूको सामाजिक प्रतिष्ठा माथि आघात पुर्‍याउने नियतका साथ आएका यस प्रकारका समचारमा कुनै सत्यता नभएको र हालसम्म पार्टी मातहतको कुनै पनि निकायले विधि विधान बमोजिम जिल्ला कार्य समितिमा कुनै सिफारिश नगरेको कुरा जानकारी गराउन चाहन्छु भनेका छन् ।
सचिव कुँवरले विज्ञप्तिमा– ‘यदि निर्वाचनमा कुनै प्रकारको घात अन्तरघात भएको छ र त्यसको कुनै प्रमाण मातहतका कुनै निकायसँग छ भने विधान बमोजिम गर्ने र गराउन हुन पनि निर्देशन गरिनुका साथै पार्टीको शाख खस्ने यस्ता प्रकारका उच्छृखंल समाचार सम्प्रेषण नगर्न हुन’ भनिएको छ ।
यस्ता गैरजिम्मेवार क्रियाकलाप जो कोही व्यक्ति वा निकायले गरेको छ त्यसलाई आफ्ना यता क्रियाकलाप यथाशिघ्र रोकी जिल्ला कार्यसमितिमा जानकारी दिन निर्देशन दिँदै पार्टी अनुशासनमा नरही जथाभावी समाचार सम्प्रेषण गरेमा पार्टी विधान बमोजिम अनुशासनको कारवाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार