३० भाद्र २०८१, आईतवार

सडकको स्तरोन्नतीको माग गर्दै ज्ञापन



धनगढी । नेपाल–भारत मैत्री संघ, धनगढीले नेपाली सिमासंग जोडिएको गौरिफन्टादेखि पलियासम्मको सडक स्तरोन्नतीका लागि भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई शनिबार ज्ञापनपत्र बुझाएको छ ।
नेपाल–भारत मैत्री संघ, धनगढीले लखिमपुरखिरीमन एडीएम अरुणकुमार मार्फत मुख्यमन्त्री योगीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।
लखिमपुरको लाहोरी नगरमा आयोजित ग्रांम चौपाल कार्यक्रममा संघको एक प्रतिनिधिमण्डलले मुख्यमन्त्री आदित्यनाथलाई ज्ञापनपत्र बुझाएको थियो । सो कार्यक्रमलाई मुख्यमन्त्री योगीले सम्बोधन गरेका थिए ।
गौरीफन्टादेखि पलियासम्मको ३५ किलोमिटर सडक जीर्ण हुँदा ओहोरदोहोर गर्ने नेपाल–भारत दुवै देशका जनताले निकै सास्ती भोगीरहेको संघले जनाएको छ । गौरीफन्टा–पलिया सडकको स्तरोन्नति भएमा ओहोरदोहोरको लागि निकै सहज हुने नेपाल–भारत मैत्री संघका कोषाध्यक्ष प्रदीप बैदले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार