९ माघ २०८१, बुधबार

पूर्व सांसद ओझासहित २० जनामाथि कारबाही सिफारिस



धनगढी । नेपाली काँग्रेस, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय कार्यसमितिले पूर्व सांसद पुष्करनाथ ओझासहित २० जना नेताकार्यकर्तामाथि कारबाहीको माग गर्दै केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
गत निर्वाचनमा नेपाली काँग्रेसको पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार विरुद्ध प्रचार गरि हराउन भूमिका निर्वाह गरेको दाबी सहित क्षेत्रीय समितिले कारबाहीको माग गरेको छ ।
क्षेत्र नम्बर ५ का सभापति हरिश खडका, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, नगर सचिव यज्ञराज उपाध्याय तथा निर्वाचन परिचालन मुल समितिका वडा संयोजकहरूको प्रतिवेदनका आधारमा पूर्व सांसद ओझासहित महासमिति सदस्य, जिल्ला सचिव, वडा सदस्य र साधारण सदस्य समेत २० जनामाथि कारबाहीको सिफारिस गरिएको काँग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
क्षेत्रीय समितिले महासमिति सदस्य आनन्दराज जोशी, जिल्ला सचिव पुर्ण कुँवर, धनगढी वडा नम्बर ५ का वडा सदस्य बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, क्षेत्रीय उपसभापति कुम्भराज गिरीमाथि कारबाहीको माग गरेको छ ।
त्यस्तै, नेपाल विद्यार्थी संघ सह–महामन्त्री प्रेमराज जोशी, धनगढी वडा नम्बर ७ का सभापति देवबहादुर सेठी, वडा नम्बर १९ का वडा सचिव गंगादत्त ओझा, वडा नम्बर ३ का क्षेत्रीय प्रतिनिधी सीताराम अवस्थी, वडा नम्बर १ का वडा सदस्य सुवास चन्द, वडा नम्बर १८ का क्षेत्रीय प्रतिनिधी फूलनारायण भुषाल, वडा नम्बर १३ का तरुण दल अध्यक्ष खडक ओझा, वडा नम्बर १३ का क्षेत्रीय प्रतिनिधी भोजराज भट्टमाथि कारबाहीको माग गरिएको छ ।
त्यस्तै, क्रियाशिल सदस्य विनायक पनेरु, लोकराज अवस्थी, चन्द्रदेव जोशी, लक्ष्मी ओझा, खेम भट्ट र भुमिनन्द ओझामाथि पनि कारबाहीको माग गरिएको क्षेत्रीय सभापति खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार