११ श्रावण २०८१, शुक्रबार

पत्रकार बिष्टमाथि कुटपिट



धनगढी । कैलालीका पत्रकार लोकेन्द्र बिष्टमाथि शुक्रबार राती एक समुहले कुटपिट गरेको छ । धनगढीस्थित एसटिएस टेलिभिजनमा कार्यरत पत्रकार बिष्टमाथि काम सकेर राती घर फर्किरहेको वेला अपरिचित एक समुहले निर्घात कुटपिट गरेको उनले बताए ।
घटनाबारे जानकारी लिन पत्रकार बिष्टको घरमा महासंघका प्रदेश संयोजक अर्जुन शाह, पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष जगत साउँद, कोषाध्यक्ष हिमाल जोशी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरे पुगेका थिए ।
पत्रकार बिष्टलाई कुटपिट गर्ने समूहलाई कारबाहिको दायरामा ल्याइने प्रहरी उपरिक्षक घिमिरेले बताए ।
यसैबीच, पत्रकार बिष्टमाथि भएको कुटपिटको घटनाको पत्रकार महासंघको प्रदेश समिति तथा कैलाली जिल्ला समितिले घोर भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार