१८ आश्विन २०८१, शुक्रबार

दुनाटपरी तालिम



हसुलिया । कैलालीको कैलारी गाउँपालिका, हसुलियामा सामाजिक सहकार्य परियोजनाको आयोजनामा मसिनद्वारा सालको पातको दुनाटपरी बनाउने तालिम शुक्रबार समापन भएको छ ।
गाउँपालिको सहयोगमा भएको तालिममा नौ वटै वडाका ९० जनाको सहभागिता रहेको थियो । समापनका अवसरमा प्रत्येक वडामा एक/एक वटा मेसिन पनि वितरण गरिएको छ ।
समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, परियोजना संयोजक होरिलाल चौधरी, गाउँपालिका कार्यकारी अधिकृत धर्मानन्द भट्ट, वतासु चौधरी, सुन्दरकली चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भोला चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुनिता चौधरीले गरेकी थिइन् । तालिममा प्रशिक्षण शारदा चौधरी र सुमित्रा चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार