बेलारमा खानेपानी सुचारु हुनसकेन



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ वेलारमा एक सातादेखि अवरुद्ध खानेपानी आपूर्ति अझै सुचारु हुन सकेको छैन ।
सुखड दरख खानेपानी उपभोक्ता समितिमार्फत बेलारसम्म पुगेको पानी बाटो निमार्णका क्रममा पाइप फुट्दा एक सातादेखि अवरुद्ध वनेको छ । धारामा पानी आउन छोडेको एक साता भन्दा बढी हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् ।
पानी उपयोग गरेवाफत उपभोक्ताले १० युनिटसम्मको एक सय ० रुपैयाँ तिर्ने गरेका छन् । १० युनिट भन्दा बढी खानेपानीको विलमा प्रति युनिट ३० रुपैयाँका दरले महसुल थपिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्