९ माघ २०८१, बुधबार

दक्षिण एसियाली महिला फुटवल : सुदूरपश्चिम टिम छनोट



धनगढी । दक्षिण एसियाली महिला फुटवल प्रतियोगिता, २०१८ का लागि सुदूरपश्चिम क्षेत्रीय महिला टिमको छनोट भएको छ । १५ वर्षमुनि र १८ वर्षमुनिका समूहका लागि दुई टिमको छनोट गरिएको छ ।
क्षेत्रीय टिमका लागि कैलालीबाट २९ जना र कञ्चनपुरबाट १६ महिला खेलाडीहरू छनोटमा सहभागि भएका थिए ।
शुक्रबार भएको छनोट खेलमा एन्फाका फुटवल प्रशिक्षक सुनील श्रेष्ठ, कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष तथा खेलाडी छनोट संयोज रागवेन्द्र कार्की (रागव) र मनाकामना युवा क्लवका अध्यक्ष डवलबहादुर थापा निर्णायक रहेका थिए ।
छनोटमा परेका खेलाडीहरू राष्ट्रिय टिम छनोटका लागि काठमाडौंमा हुने खेलमा प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एशियाली महिला फुटवल प्रतियोगिता २०१८ को प्रतियोगिता अगस्तमा भुटानमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार