१२ श्रावण २०८१, शनिबार

निष्ट लिटिल फ्लावर प्रिमियर लिग कात्तिकमा



धनगढी । निस्ट लिटिल फ्लावर प्रिमिएर लिग–३ क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा धनगढीमा सञ्चालन हुने भएको छ ।
लिटिल फ्लावर स्कूलका प्रिन्सिपल रामचन्द्र शाहीले आगामी कात्तिकको अन्तिम साताबाट सो लिग शुरु हुने बताए ।
निर्देशक शाहीले यस पटक पनि काठमाडौंको निष्ट कलेज नै लीगको मुख्य प्रायोजक रहने बताए ।
गतवर्ष काठमाडौंको लैनचौरमा प्रधान कार्यालय रहेको निस्ट कलेजले मुख्य प्रायोजन गरेको सो प्रतियोगितामा यसपटक पनि निस्ट्ले नै मुख्य प्रायोजन गर्ने निर्देशक शाहीले बताए ।
शुक्रबार एक कार्यक्रमबीच निस्ट कलेजका संस्थापक प्रिन्सिपल डाक्टर माधव बराल र लिटिल फ्लावर बोर्डिङ हाइस्कुलका प्रिन्सिपल शाहीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
यस पटकको लीगमा देशभरीका १६ टिमले सहभागिता जनाउने बताइएको छ । २०७३ सालबाट सुरुवात गरिएको यो प्रतियोगिताको यो तेस्रो संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार