११ श्रावण २०८१, शुक्रबार

सुदूरपश्चिम क्षेत्रिय महिला टिमको छनोट



धनगढी । दक्षिण एशियाली महिला फुटवल प्रतियोगिता २०१८ का लागि सुदूरपश्चिम क्षेत्रिय महिला टिमको छनोट भएको छ । १५ बर्ष मुनी र १८ बर्ष मुनीका दुई टिमको छनोट गरिएको छ ।
कैलालीबाट २९ र कञ्चनपुरबाट १६ महिला खेलाडीहरु क्षेत्रिय छनोटमा सहभागि भएका थिए । सबै खेलाडीहरुलाई शुक्रबार मनकामना युवा क्लव धनगढी १२ को खेल मैदानमा प्रतिस्प्रर्धा गराई १५ बर्ष मुनी र १८ बर्ष मुनीका छनोट गरी दुई टिम बनाईएको छ ।
खेलाडी छनोटमा एन्फाका फुटवल प्रशिक्षक सुनील श्रेष्ठ, कैलाली जिल्ला फुटवल संघका उपाध्यक्ष तथा खेलाडी छनोट संयोज रागवेन्द्र कार्की (रागव) मनाकामना युवा क्लवका अध्यक्ष डवलबहादुर थापा रहेका थिए ।
छनोटमा परेका खेलाडीहरु राष्ट्रिय टिम छनोटका लागि काठमाण्डौमा प्रतिस्पर्धा गर्नेछन् । दक्षिण एशियाली महिला फुटवल प्रतियोगिता २०१८ को प्रतियोगिता अगस्तमा भुटानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार