१२ श्रावण २०८१, शनिबार

चार जना अनाथ बालबालिका बालग्राममा भर्ना



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का चार जना अनाथ बालबालिकाको शिक्षा र भरणपोषणका लागि बिहीबार एसओएस बालग्राममा भर्ना गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले अविभावकबिहीन भएर विचल्लिमा परेका श्रीलंका गाउँका प्रशान्त र समिर चौधरी तथा झलारी गाउँका आहना राना र कैलाली गाउँका अरुण रानालाई एसोएस वालग्रामको आफन्त हेरचाह कार्यक्रममा भर्ना गरेका हुन् ।
चारै जनाको भरणपोषण सहितको व्यवस्था संस्थाले बेहोर्ने गरी बनाइएको सम्झौतापत्रमा वडाध्यक्ष जोशी र संस्थाका योजना निर्देशक पदमबहादुर हमालले हस्ताक्षर गरे ।
सो अवसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष जोशीले एसओएस बालग्रामले बालबालिकाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रसंशा गरे । उनले यो कार्यक्रमलाई एउटा अवसरको रूपमा लिएर सदुपयोग गर्न वडावासीलाई अनुरोध गरे ।
वडाध्यक्ष जोशीले आगामी दिनमा यस कार्यक्रमलाई निरन्तरता दिन संस्थालाई आग्रह गरे । एसओएसलाई सहयोग गर्ने कुरामा स्थानीय सरकार कुनै पनि ठाउँमा नचुक्ने प्रतिवद्धता समेत वडा अध्यक्ष जोशीले गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार