बाजुरा एकता समाज गठन
लम्की । बाजुराबाट आएर कैलालीको क्षेत्र नम्बर १ र २ मा बसोबास गर्नेहरुले बाजुरा एकता समाज गठन गरेका छन्।
प्रभुनन्द रोकायाको अध्यक्षतामा गठित समाजको उपाध्यक्षमा बबिता पान्डेय र केशरसिह ठकुरी छ्न्।
यस्तै, गरेर सचिवमा प्रेम शाही, सहसचिवमा हन्स रोकाया, सदस्यमा चेतबहादुर सिंह, रमेश शाह, धिरेन्द्र बुढा, मायानन्द सन्ज्याल, सुशीला बिक र खुसीराम बिक रहेका छन्।
समिति हालै जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता गरिएको उपाध्यक्ष पान्डेले बताइन्। नबगठित समाजले आगामी दिनमा सामाजिक क्षेत्रमा काम गर्ने बताइएको छ।