ठेलाछाप्रा तथा होर्डिङबोर्ड हटाउन शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले धनगढीको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका ठेलाछाप्रा तथा पसल अगाडि बनाइएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ ।
धनगढी उपमहानगरपालिकाले अव्यवस्थित ढंगले राखिएका ठेला तथा पसलको अगाडि बनाइएका होर्डिङबोर्ड, र सडक नै ढाकिने गरी राखिएका निर्माण तथा व्यापारिक सामग्री हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
ठेलाछाप्रा तथा होडिङ वोर्ड हटाउ समितिका सयोजक तथा वडा नम्बर ३ का अध्यक्ष वलबहादुर ऐरका अनुसार बिहीबारदेखि खोकाछापं्रा तथा होर्डिङ वोर्ड हटाउन सुरु गरिएको छ ।
धनगढी चौराहादेसिख क्याम्सप चौकसम्मका होडिङ वोर्ड तथा खोकाछाप्रा हटाइने बताइएको छ । सो अभियान जारी रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्