अन्तरदेशीय नदी परियोजनाबारे संवाद



धनगढी । दक्षिण एसिया अन्तरदेशीय नदी परियोजनाबारे मंगलबार धनगढीमा निर्वाचित पदाधिकारीहरूसँग राष्ट्रिय संवाद कार्यक्रम धनगढीमा भएको छ ।
रुडुक नेपाल र अक्सफामको संयुक्त आयोजनामा भएको कार्यक्रमको ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।
सो अवसरमा अक्सफामका प्रतिनिधि दिनेश बज्राचार्यले परियोजनाबारे तथा कृष्णकुमार श्रेष्ठले छ बुँदे घोषणापत्रको प्रस्तुतिकरण गरेका थिए ।
छलफल कार्यक्रममा प्रदेशकी उपसभामुख निर्मला बडाल, नेपाली काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावल लगायत प्रदेशका सांसदहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्