तरुणको नगर कमिटी प्रशिक्षण तथा भेला
धनगढी । नेपाली काँग्रेस भातृ संगठन नेपाल तरुण दल धनगढी नगर कमिटीको मंगलबार प्रशिक्षण तथा भेला कार्यक्रम भएको छ ।
कार्यक्रमको नेपाली काँग्रेस नेतृ आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन् ।
तरुण दलका नगर अध्यक्ष भक्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य नारायणदत्त भट्ट, तरुण दल जिल्ला अध्यक्ष दीपेन्द्र बम, गोपाल देउवा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तरुण दलका क्षेत्रीय अध्यक्ष केशव जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव अरुण सिंहले गरेका थिए ।