१२ श्रावण २०८१, शनिबार

पर्यटन विकासको मेरुदण्ड– मन्त्री भट्ट



लम्की । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले सात नम्बर प्रदेशको विकासको मेरुदण्ड पर्यटन रहेकोले विकासका लागि सबै एक हुनुपर्ने बताएकी छन् ।
नेपाल एशोसियसन अफ टूर एण्ड ट्राभल्स एजेन्स नाटा सुदूरपश्चिमको पाँचौं वार्षिक साधारण सभाको पर्यटकीय स्थल कर्णाली चिपापानीमा उद्घाटन गर्दै मन्त्री भट्टले धार्मिक पर्यटनको प्रचूर सम्भावना बोकेको सात नम्बरको विकासको मेरुदण्ड पर्यटन भएको बताइन् ।
मन्त्री भट्टले कसरी यस क्षेत्रको पर्यटन विकासको लागि अगाडि बढ्न सकिन्छ ? त्यसमा सबै गम्भीर हुनु पर्नेमा जोड दिइन् । पर्यटन विकासका लागि सरकारसँगै निजी क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् ।
सात नम्बर प्रदेशको प्रचूर सम्भावना भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारको अभावमा आझेलमा परेको बताउँदै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले त्यसमा अब प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी रहेको बताए ।
कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले सात नम्बर प्रदेश सम्भावना बोकेको प्रदेश भएपनि राज्यको आँखाबाट टाढा रहेकाले ओझेलमा परेको गुनासो गरे ।
कार्यक्रमा विभिन्न प्रदेशका पर्यटनकर्मी, पर्यटन व्यावसायी, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार