६ माघ २०८१, आईतवार

डिजिटल सोलार हस्तान्तरण



धनगढी । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा व्यवस्थापन समितिलाई छ सेट डिजिटल सोलार हस्तान्तरण गर्नु भएको छ । ।
जेठ ९ गतेबाट सुरु भएको बेहडाबाबा गंगा दशहरा मेला २०७५ को समापन कार्यक्रममा मन्त्री बोहराले एक लाख ३० हजारका छ सेट सोलनर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेम चन्दलाई हस्तान्तरण गरे ।
दशहरा मेला २०७५ को समापनमा प्रमुख अतिथि रहेका मन्त्री बोहराले धार्मिक पर्यटन पनि प्रदेशको समृद्धिको प्रमुख आधार भएको चर्चा गरे । उनले सरकारले धार्मिक पर्यटनको विकासका लागि पनि नीति तथा कार्यक्रम सहितको बजेटमा समावेश गर्ने बताए ।
सात नम्बर प्रदेशमा धार्मिक पर्यटनको ठूलो सम्भावनाको रहेको चर्चा पनि उनले गरे । वेहडाबाबामा झण्डै पाँच लाख धार्मिक पर्यटक आएको अनुमान छ । तीमध्ये झण्डै ३० प्रतिशत भारतको उत्तरप्रदेश राज्यबाट बेहडाबाबा बाबाको दर्शन तथा पूजाआजा गर्न आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार