६ माघ २०८१, आईतवार

बाघको छाला बेच्ने पक्राउ



धनगढी । बाघको छाला बेच्न वैतडीबाट काठमाडौं आएका चार युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनले एउटा छालासहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैतडी दशरथका श्यामसिंह कार्की, प्रविन सिंह रावल, जीतेन्द्र रावल र विनोदकुमार भट्ट छन् ।
उनीहरूबाट एउटा बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर कारबाहीका लागि प्रहरीले वन कार्यालयमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार