९ माघ २०८१, बुधबार

वडाध्यक्षको निर्देशनमा रुख कटानी प्रकरण : उपमहानगरपालिकाद्वारा स्पष्टिकरण माग



धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्षको निर्देशनमा काचो सालको रुख काटिएको विषयमा धनगढी उपमहानगरपालिका प्रमुखले स्पष्टिकरण माग गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ (ङ) को व्यवस्थाअनुसार उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सोमबार वडाध्यक्षसँग लिखित रूपमा स्पस्टीकरण मागेको जनाइएको छ ।
उपमहानरपालिकाको मिति जेठ १३ र चलानी नम्बर ३६३१ नम्बरको पत्र अनुसार ‘वडा अध्यक्षको निर्देशनमा सडकमा पर्ने सालका रुख काटिएको कुरा सार्वजनिक भएपछि सो विषय के कस्तो हो ? यथाशिघ्र जवाफ पठाउन भनिएको छ ।
उता ईलाका वन कार्यालय धनगढीले अवैध रूपमा काटिएका रुख आफ्नो घाटगद्दीमा संकलन गरिसकेको छ ।
आइतबार ईलाका वन कार्यालय धनगढीका अधिकृत भरत शाहको नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाको वडा नम्वर ६ बिजुलीयमा लुकाइछिपाई राखेका चार वटा गोलिया ल्याएको हो ।
वडा नम्वर ६ को विजुलीयामा सडक निर्माणका क्रममा वडा अध्यक्ष भागिराम चौधरीको निर्देशनमा काँचो सालको रुख काटिएको आरोप लागेको थियो ।
सडक निर्माणमा अवरोध भएको र यसले दुर्घटना निम्ताउने भन्दै गाउलेलाई रुख काट्न लगाएको स्रोतको दावी छ । गाउलेलाई काट्न लगाएर विभिन्न स्थानमा लुकाइएका काठका गोलिया शनिबार ईलाका वन कार्यालयको टोलीले बरामद गरी मुचुल्का गरी स्थानीय जाली सामुदायिक वनको जिम्मा छोडेको ईलाका वन कार्यालय धनगढीका ईलाका वन अधिकृत भरत शाहले जानकारी दिए । सबै रिपोर्ट जिल्ला वन कार्यालय कैलालीलाई बुझाई सकेको बताउँदै अधिकृत शाहले जिल्ला वन कार्यालयले थप अनुसन्धानका गर्न आफूलाई निर्देशन दिएको बताए । अब थप अनुसन्धान गर्न शंकास्पद व्यक्तिहरूलाई पत्र काटेर अनुसन्धान शाहले बताए ।
शघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सडकको विचमा परेको रुख अनुमति लिएर काट्नुभन्दा पनि गोप्य रूपमा वडाध्यक्षकै संरक्षणमा रुख काटिएको स्थानीय वासिन्दाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार