१२ माघ २०८१, शनिबार

उद्घोषण तालिम शुरु



अत्तरिया । कैलालीको अत्तरियामा आइतबारवाट ७ दिने उद्घोषण तालिम सुरु भएको छ ।
अत्तरिया जुनियर जेसिजको आयोजनामा सुरु भएको तालिमको एक कार्यक्रमबीच गुँरास एकेडेमीका प्रिन्सिपल डम्बर कडायतले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रम जुनियर जेसिजका अध्यक्ष देवराज ओझाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा अत्तरिया जेसिजका पूर्व अध्यक्षहरू लोकराज पाण्डे आगो, भरत खड्का, वर्तमान अध्यक्ष कमल कडायत, कार्यकारिणी उपाध्यक्ष पदमराज ओझा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
जुनियर जेसिजकी कार्यकारीणी उपाध्यक्ष मञ्जु बस्नेतले स्वागत गरेको कार्यक्रमको महासचिव नितेश रावलले सञ्चालन गरेका थिए ।
तालिममा गोदावरी नगरपालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयमा कक्षा ८,९ र १० मा अध्ययनरत एक सय बढीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार