११ श्रावण २०८१, शुक्रबार

मानव अधिकार आयोग स्थापना दिवस मनाइयो



धनगढी । राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको १८ औं वार्षिकोत्वसको अवसरमा आइतबार धनगढीमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रमको एक समारोहबीच सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।
सो अवसरमा मुख्यमन्त्री भट्टले समाजमा मानव अधिकार उलंघन रोक्न कानुन, सरकार एवं आयोगले मात्र नसक्ने भएकाले सामाजिक चेतनाको स्तर उठाउनेपर्ने बताए । उनले मानव अधिकार उलंघनका घटना कम गर्न जनप्रतिनिधिद्वारा जनअभियानको थालनी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम आयोगका सदस्य सुदीप पाठकको अध्यक्षतामा भएको थियो । सो अवसरमा सात नम्बर प्रदेशका सांसद डाक्टर रणबहादुर रावल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, महिला तथा बालबालिका कार्यालयका अधिकृत सन्ध्या राज्यश्वरी सिंह, इन्सेकका क्षेत्रीय संयोजक खडक जोशी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
क्षेत्रीय कार्यालय प्रमुख दीपकजंगध्वज कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोगका अधिकृत झंकर रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार