६ माघ २०८१, आईतवार

राष्ट्रियगान रचयिता ब्याकुल माइलाको सम्मान



धनगढी । राष्ट्रियगानका रचयिता ब्याकुल माइलालाई आइतबार धनगढीमा सम्मान गरिएको छ ।
धनगढी उपमहानगरपाािलका वडा नम्बर ८ शिक्षा नगरमा रहेको कैलाली विद्या निकेतनले राष्ट्रियगानका रचनाकार माईलालाई एक विशेष समारोबीच सम्मान गरेको थियो ।
कार्यक्रममा राष्ट्रियगान रचनाकार माईलाले विद्यार्थीहरूसँगै राष्ट्रिय गान गाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले विद्यार्थीहरूसँग आफ्नो बाल्यकालका विभिन्न घटनाबारे चर्चा गरेका थिए । उनले राष्ट्र निर्माणका लागि नयाँ पुस्ताको भूमिकाबारे बताएका थिए ।
कैलाली विद्या निकेतनका प्रिन्सिपल टोपेन्द्र शाह, शिक्षक शिक्षिका एवम् विद्यार्थीहरूले राष्ट्रिय गानका रचयिता माईलालाई फूलमाला र दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए ।
राष्ट्रिय गानका रचनाकार खप्तड काव्ययात्रा २०७५ मा सहभागी हुँदै शनिबार साँझ धनगढीमा आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार